नियम १६
केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार
: ऐनको दफा २६ मा उल्लिखित कास, कर्तव्य र अधिकारको _ अतिरिक्त केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) उपभोक्ताको हक, हित संरक्षण सम्बन्धमा नेपाल सरकार, परिषद्‌ वा मन्त्रालयले दिएको निर्देशन बमोजिम अनुगमन तथा सुपरीवेक्षण कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने, (ख) ऐनको दफा २६ को खण्ड (छ) बमोजिम गठित समिति वा उपसमिति मार्फत गरे गराएको काम. कारबाहीको आधारमा एकीकृत प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्ने,

(ग) प्रदेश बजार अनुगमन समितिसँग समन्वय _गरी बजार अनुगमन तथा सुपरीवेक्षण सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन अन्य आवश्यक काम गर्ने।